Publication

Training Manual: Bovine disease diagnosis and treatment procedure

हरियो घाँसमा भएको पौष्टिक तत्वहरुलाई कम क्षति पु¥याई, सकेसम्म हरियो अवस्थामा, नकुहाईकन उपयुक्त किसिमले सुकाएर थन्काएको घाँसलाई हे भनिन्छ । नेपालमा हे बनाउने समय भदौ–असोज हो, भदौभन्दा अगाडि वर्षातले गर्दा हे बनाउन सकिन्न भने असोज पछाडि घाँस धेरै छिप्पिई सकेको हुन्छ । छिप्पिएको घाँसमा लिगनिन बढी हुने, मोटो डाँठ भएको घाँसलाई सुक्नलाई धेरै समय लागि पातहरु धेरै झर्ने, पानी परी रहेको समयमा घाँस काटेर सुकाउँदा सुक्नलाई बढी समय लाग्नुको साथै बढी मात्रामा घाममा सुकाएमा उड्डयनशील पदार्थहरु नष्ट हुने हुँदा मसिनो डाँठ र बढी पात भएको घाँसलाई १÷२–१÷२ भाग फुल फुलिरहेको समयमा, सुकाएर बनाउन सकिन्छ । अकोसे र कोसे घाँस मिसिएको हेमा बढी कच्चा प्रोटिन र क्याल्सियम हुनुको साथै बढी रुचिकर पनि हुन्छ । तयार भएको हेमा १५–२०% भन्दा बढी जलांश भएमा थन्क्याउँदा कुहिन्छ ।


View PDF