Publication

Media Coverage: कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट स्वच्छ पिउने पानी सङ्कलन गरेर वितरण गरिएको छ। करिब ३० वर्षअघि इलामसहित पूर्वी क्षेत्रमा प्रयोग गरिएको यो प्रविधिलाई आधुनिक रूपमा उपयोग गर्दै कुहिरोबाट पानी सङ्कलन गरिएको हो।

समुद्र सतहबाट करिब दुई हजार ३३० मिटरको उचाइमा रहेको मेले गुम्बा टोलमा भू-उपग्रह अध्ययनमार्फत निरन्तर कुहिरो लागिरहने स्थान पहिचान गरिएको थियो। खिजीदेम्बा गाउँपालिकाको समन्वय तथा जर्मनीको संस्थाअन्तर्गतको जिआइजेड-आइकेआई ग्रान्ट (जर्मन सरकारद्वारा जलवायु परिवर्तन, जैविक विविधता र वातावरण संरक्षणका क्षेत्रमा काम गर्न प्रदान गरिने अनुदान) को आर्थिक सहयोगमा दि स्मल अर्थ (सेन) नेपालले यो प्रयोगात्मक अनुसन्धान आयोजना सम्पन्न गरेको हो।


View full article