Publication

Media Coverage of consultation workshop under “Improving Climate Services for Local Adaptation through Customized and Location-Specific Weather Forecasts” project

केशव कोईराला, १६ साउन, राजापुर (बर्दिया) । बर्दियाको राजापुर नगरपालिकाका बासिन्दाहरुका लागी, मौसम, बाढी, तापक्रमजन्य सूचना दिने मोवाइल एप्स बनाइने भएको छ । युएसएड जल जंगल कार्यक्रम अन्र्तगत द स्माल अर्थ नेपाल सँस्थालेसरोकारवालाहरु सँग गरेको छलफल गोष्ठीमा सोवारे जानकारी गराइएको छ ।

मौसम पुर्वानुमान प्रणाली र त्यसको पहुँच स्थानीय समुदायमा अझ प्रभावकारी बनाउने उदेश्यले छलफल गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा मौसम, जलवायू र कृषी मौसम बिज्ञान सम्वन्धी सहभागीहरुको बुझाइ, कृषीमा मौसम तथ्यांक र पूर्वानुमानमा बर्तमान अवस्था, सुचना प्रबिधिको बुझाइ र प्रयोगबारे सहभागीहरुको राय संकलन गरिएको छ । कार्यक्रमको उदेश्यबारे प्रकास पार्दै सँस्थाका कार्यक्रम संयोजक निरन्जन बिष्टले मौसमको सुचनाको प्रभावकारीता, मौसमी सुचनाको महत्व बारे बताउनुभयो ।


Read More