The Climate Data Analysis Training is a four-day intensive, hands-on program designed to equip graduate students, early-career researchers, and practitioners with practical skills in accessing, processing, and analyzing climate and satellite datasets. The training will be held in Kathmandu, Nepal. It will cover key tools such as Climate Data Operators (CDO) and Python wit h Jupyter Notebook, alongside exploration of datasets like ERA5, APHRODITE, and IMERG.
जलवायु तथ्यांक विश्लेषण प्रशिक्षण चार दिने गहन, प्रयोगात्मक कार्यक्रम हो जुन स्नातक उत्तीर्ण विद्यार्थीहरू, प्रारम्भिक-करियर शोधकर्ताहरू, र अभ्यासकर्ताहरूलाई जलवायु र उपग्रह डेटासेटहरूमा पहुँच, प्रशोधन र विश्लेषण गर्ने व्यावहारिक सीपहरू प्रदान गर्न डिजाइन गरिएको हो। यो प्रशिक्षण काठमाडौं, नेपालमा आयोजना हुनेछ। यसले क्लाइमेट डेटा अपरेटर (CDO) र जुपिटर नोटबुकको साथ पाइथन (Python) जस्ता मुख्य उपकरणहरू तथा ERA5, APHRODITE and IMERG डेटासेटहरूको अन्वेषण समावेश गर्नेछ।
The training will include collaborative group work, expert insights, and guided support to build confidence in climate data handling and visualization. This training is led by experienced trainers and guest experts and aims to foster data-driven approaches to climate science and environmental research in Nepal.
यस तालिमले सहयोगात्मक समूह कार्य, विशेषज्ञ राय तथा निर्देशन समावेश गर्नेछ, जसले जलवायु तथ्यांक उपयोग तथा द्रिश्यकरण(Visualization) गर्न आत्मविश्वास बढाउने लक्ष्य राख्छ।यो तालिम अनुभवी प्रशिक्षक तथा अतिथि विशेषज्ञहरूद्वारा संचालित हुनेछ, जसले नेपालमा जलवायु विज्ञान तथा वातावरणीय अनुसन्धानमा तथ्यांक-आधारित दृष्टिकोण प्रवर्धन गर्न मद्दत गर्ने उद्देश्य राख्छ।
Objective of the training (प्रशिक्षणको उद्देश्य)
1. To introduce participants to common climate data formats, particularly NetCDF, and how to acquire them from the different sources (सहभागीहरूलाई साधारण जलवायु ताह्याँकका ढाँचाहरू, विशेष गरी NetCDF, र विभिन्न स्रोतहरूबाट तिनीहरूलाई कसरी प्राप्त गर्ने भन्ने बारे जानकारी गराउनु।)
2. Guide participants in installing and configuring essential tools like Anaconda, Jupyter Notebook, and Climate Data Operators (CDO)(सहभागीहरूलाई Anaconda, Jupyter Notebook, र Climate Data Operators (CDO) जस्ता आवश्यक उपकरणहरू इन्स्टल र कन्फिगर गर्न मार्गदर्शन गर्नु।)
3. Guide participants in preprocessing satellite datasets using CDO (सहभागीहरूलाई CDO प्रयोग गरेर उपग्रह(Satellite) तथा रिएनालिसिस (Reanalysis) डेटासेटहरूलाई पूर्व-प्रशोधन गर्न मार्गदर्शन गर्नु।)
4. Support participants in writing and running basic Python scripts in Jupyter for reading, processing, and visualizing NetCDF and CSV data (NetCDF र CSV जस्ता तथ्यांक पढ्न, प्रशोधन गर्न, र दृश्यकरण गर्न जुपिटर नोटबुकमा आधारभूत पाइथन (Python) स्क्रिप्टहरू लेख्न र चलाउन सहभागीहरूलाई सहयोग गर्नु।)
5. To guide participants in extracting, visualizing, and interpreting precipitation trends from large datasets over Nepal and surrounding regions (नेपाल र वरपरका क्षेत्रहरूमा वृहत् तथ्यांकहरूबाट वर्षाको प्रवृत्ति निकाल्न, दृश्यकरण गर्न, र व्याख्या गर्न सहभागीहरूलाई मार्गदर्शन गर्नु।)
6. Encourage participants to apply climate data analysis techniques in their research or project contexts(सहभागीहरूलाई उनीहरूको अनुसन्धान वा परियोजना सन्दर्भहरूमा जलवायु तथ्यांक विश्लेषण प्रविधिहरू लागू गर्न प्रोत्साहित गर्नु।)
Eligibility Criteria (योग्यता मापदण्ड)
1. Open to students, researchers, and professionals with at least a bachelor's degree in Environmental Science, Meteorology, Hydrology, Climate Science, or related disciplines (आवेदक वातावरण विज्ञान, जलवायु विज्ञान, जिओ–इन्फर्म्याटिक्स, वा सम्बन्धित विषयहरूमा कम्तिमा स्नातक गरेका विद्यार्थी, अनुसन्धानकर्ता वा अभ्यासकर्ता हुनुपर्नेछ।)
2. Basic knowledge about climate datasets (जलवायु तथ्यांकहरू सम्बन्धी आधारभूत ज्ञान आवश्यक रहेको छ ।)
3. A basic understanding of programming (preferably Python) is beneficial but not mandatory (प्रोग्रामिङ (विशेष गरी Python) सम्बन्धी आधारभूत बुझाइ लाभदायक हुनेछ, तर अनिवार्य छैन।)
4. Participants must mandatorily bring a laptop and be willing to engage in hands-on coding sessions (सहभागीहरूसँग अनिवार्य रूपमा आफ्नै ल्यापटपको पहुँच हुनुपर्नेछ, कोड लेख्ने तथा प्रयोगात्मक सत्रहरूमा सक्रिय सहभागिता जनाउने इच्छाशक्ति हुनुपर्नेछ।)
5. Selected participants must commit to attending all four days of the training and actively engage in hands-on sessions and group activities (छनोट भएका आवेदकहरूले तालिमका सबै तीन दिन अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ, साथै प्रयोगात्मक सत्रहरू र समूहगत क्रियाकलापहरूमा सक्रिय सहभागिता जनाउनुपर्नेछ।)
6. Participants must use what they have learned in the training and present their findings in an individual report during the final session(सहभागीहरूले तालिममा प्राप्त ज्ञानको प्रयोग गर्दै अन्तिम सत्रमा व्यक्तिगत प्रतिवेदनमार्फत आफ्ना नतिजाहरू प्रस्तुत गर्नुपर्नेछ।)
If you meet the above criteria, please fill out this Google form to register!
Expected outcomes (परिणामहरू)
The participants of the training will be able to:
1. Access and handle climate datasets (e.g., precipitation data in NetCDF format)(जलवायु तथ्यांकहरू (उदाहरणका लागि, NetCDF ढाँचामा वर्षाको तथ्यांक) मा कसरी पहुँच राख्ने र प्रयोग गर्ने भन्ने बुझिने छ।)
2. Pre-process the accessed datasets for unit conversion, masking, and merging with the help of CDO(CDO को सहयोगमा तथ्यांकहरुको युनिट परिवर्तन, मास्किङ, र मर्जिंगका लगायतका पूर्व-प्रशोधन गर्न जानिने छ।)
3. Interpolate or fill the gaps in observed data with the reanalysis or satellite data (रिएनालिसिस (Reanalysis) वा उपग्रह (Satellite) तथ्यांकको साथ अवलोकन गरिएको स्टेशनका तथ्यांकहरुमा भएका खाली ठाउँहरू भर्न वा इन्टरपोलेट गर्न सिकिने छ।)
4. Visualize time series and spatial maps using Python tools (पाइथन प्रयोग गरेर समय शृङ्खला र स्थानिक नक्साहरू दृश्यकरण गर्न सक्षम भइने छ।)
5. Develop and interpret seasonal climate patterns using mathematical and statistical methods (गणितीय र तथ्यांकशास्त्रीय विधिहरू प्रयोग गरेर मौसमी जलवायु ढाँचाहरू विकास र व्याख्या गर्न सिकिने छ।)
Training Details (प्रशिक्षण विवरण)
Date: 15, 16, 17, 19 May 2025 (मिति: १, २, ३, ५ जेस्ठ २०८२ )
Venue: Kathmandu, Nepal (स्थान: काठमाडौं, नेपाल)
Time: 10:00 to 16:30 (समय: १०:०० देखि १६:३०)
**Participants representing Women, Marginalized groups and Indigenous communities from Lower Karnali Watershed Region will be a priority(तल्लो कर्णाली जलाशय क्षेत्रका महिलाहरु, सिमान्तकृत वर्ग र आदिबाशी समुदायका आबेदकहरुलाई प्रथामिकता दिइनेछ।)
Total seats are limited to 15 participants. Selected candidates will be informed via email. (सहभागी संख्या कुल १५ जना मात्र सिमित गरिएको छ। छनोट भएका उम्मेदवारहरूलाई इमेल मार्फत जानकारी गराइनेछ।)
For inquiries, contact info@smallearth.org.np (जिज्ञासाको लागि, info@smallearth.org.np मा सम्पर्क गर्नुहोस्।)